२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ?


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 10.3K
    SHARES

  • images
    अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ?


    काठमाडौं, ३ जेठ । अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् ।

    फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ ।

    फरहान र एक्सनले शाहरुखको स्थानमा रणवीर सिंह वा ऋतिक रोशन कसलाई लिने भनेर छलफल गरिरहेका छन् । फिल्मबाट शाहरुख पछाडि हटेको समाचार सार्वजनिक भएपछि फिल्मका फ्यानले पनि ऋतिक अथवा रणवीर हुनुपर्ने माग गरेका छन् ।

    कतिपयले रणवीरले चाहिने भन्दा बढी अभिनय गर्ने आरोप लगाएपछि रणवीरभन्दा ऋतिक उपयुक्त रहेको सुझाव दिएका छन् । फिल्मकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक र रणवीरसँग स्क्रिन शेयर गरिसकेकाले दुई अभिनेतामध्ये कोही एकलाई फरहान र एक्सलले लिने सोच बनाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend