२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं : कप्तान रोहित पौडेल


सञ्चार डबली
  • बिहीबार , चैत १५ २०८०
  • 9.1K
    SHARES

  • images
    सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं : कप्तान रोहित पौडेल


    काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार राशी ५० प्रतिशत अझै नपाएको गुनासो गरेका छन् । भारतमा मैत्रीपूर्ण टी–२० खेल्न जानु अघि गरिएको बिदाई समारोहमा कप्तान पौडेलले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई सरकारले यस अघि घोषणा गरेको पुरस्कार राशि अहिलेसम्म ५० प्रतिशत नपाएको गुनासो गर्दै छिट्टै पाउने आशा व्यक्त गरे ।

    रोहितले मन्त्री श्रेष्ठलाई भने–हामी सबै सरकारले हामि सबैलाई रिवार्डको रुपमा रकम दिने तोक्नु भएको थियो । तर अहिलेसम्म ५०–६० प्रतिशत मात्र पाएका छौं । त्यस्तै टी–२० विश्वकपमा छनौट भएको पनि सरकारले पुरस्कार रकम घोषणा गरेको छैन, अझै विश्वकप आउन एक महिना बाँकी छ । तपाइँले यो विषयमा हेर्नु हुने छ भन्ने हामीलाई विश्वास छ ।

    नेपाली क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ ।

    नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।नेपाली क्रिकेट टिम भारतबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend