२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जेलबाट बाहिर आए डानी आल्भेज


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 8.0K
    SHARES

  • images
    जेलबाट बाहिर आए डानी आल्भेज

    काठमाडौँ । बार्सिलोना तथा ब्राजिलका पूर्व फुटबलर डानी आल्भेज जेलबाट छुटेका छन् ।

    बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको बण्ड बुझाएपछि जेलबाट रिहा भएका हुन् ।

    यसअघि जमानतको रकम समयमा जुटाउन नसकेपछि उनको जेलबाट रिहाइ केहि दिन ढिला भएको थियो ।

    अदालतले गत महिना साढे चार वर्षको जेल सजाय दिएको थियो । तर त्यसको विरुद्ध आल्भेजले गरेको अपिलमाथि अदालतले फैसला गर्दै उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

    उनी जनवरी २०२३ देखि हिरासतमा रहेका थिए । डिसेम्बर २०२२ मा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय आल्भेजलाई दोषी ठहर गरिएको थियो ।

    उनले आफ्नो ब्राजिलियन र स्पेनिश दुबै पासपोर्टहरू अदालतमा जम्मा गरेका छन् र उनी स्पेन छोडेर जान पाउने छैनन् ।

    साथै उनी साप्ताहिक रूपमा अदालतमा उपस्थित हुनुपर्ने बताइएको छ । अदालतले उनलाई पीडितसँग कुनै किसिमको सम्पर्क गर्न समेत रोक लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend