२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 कंगना रनावतलाई भाजपाले दियो लोकसभाको टिकट


सञ्चार डबली
  • सोमबार, चैत १२ २०८०
  • 11.3K
    SHARES

  • images
     कंगना रनावतलाई भाजपाले दियो लोकसभाको टिकट
     

    काठमाडौं । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो ।

    कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ ।

    कंगनाले एक दिन अगाडि नै चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, 'आमाले चाहनु हुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु ।'

    टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिदै भनेकी छन्- 'मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैं मेरो भारतीय जनता पार्टीलाई बिना शर्त समर्थन गरेको छु । आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।' उनले पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उल्लेख गरेकी छन् ।

    कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरुमा सामाजिक संजाल तथा सार्बजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् ।

    पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिला देखि गरिदै आएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend