२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाटिका, शिखा, दिव्य, लोयाङ र आस्नीलाई उपाधि 


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 10.5K
    SHARES

  • images
    बाटिका, शिखा, दिव्य, लोयाङ र आस्नीलाई उपाधि 


    काठमाडौं, २ जेठ । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ सिजन १० मा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी  शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भएका छन् ।
     
    प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनरअप, कृतिका भण्डारी सेकेण्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्थ रनरअप भए ।

    त्यस्तै ‘जुनियर सिङगिङ स्टार’तर्फ टाशी डोमा शेर्पा फस्ट रनरअप भइन् । यस्तै ‘प्री–टीन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फस्ट रनरअप, नवाङ  छोकी  तामाङ सेकेण्ड रनरअप, रुप्सा भट्टराई थर्ड रनरअप, सोनाम चोमु चुम्बा तामाङ फोर्थ रनरअप, निरज शर्मा फिफ्थ रनरअप र आकृति भट्टराई सिक्स्थ रनरअप घोषित भए ।

    ‘प्री–टीन सिङगिङ स्टार’तर्फ श्रेया सुनार फस्ट रनरअप, नेविन दाहाल सेकेण्ड रनरअप र तेन्जी डोमा लामा थर्ड रनरअप भए । प्रतियोगितामा शर्मिका  लुँइटेल ‘एक्टिर स्टार’ घोषित भइन् । प्रतियोगितामा आरती श्रेष्ठ, दशरथ सुनार, विनय कार्की र मनोज आचार्य निर्णायक थिए । आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई म्युजिक  भिडियो  र सन् २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइनेछ ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १० वार्षिक उत्सव को अवसर मा सम्मान स्वरुप शशीविक्रम थापालाई ‘सिनियर सिङ्गर एण्ड म्युजिसियन अफ द इयर’, पाल्मु शेर्पालाई ‘राइजिङ सिङ्गर अफ द इयर’, सुनिला थापा मगरलाई ‘सोसियल वर्कर अफ द इयर’, सुर्यमान सुनुवारलाई ‘डिभोसनल सिङ्गर अफ द इयर’, विक्रम नगरकोटीलाई ‘लिगल कन्सल्टेन्ट अफ द इयर’, मदनकुमार थापालाई ‘फोक सिङ्गर अफ द इयर’, शक्ति बराइलीलाई ‘कमेडियन आर्टिस्ट अफ द इयर’, भीमबहादुर तामाङलाई ‘ड्रोन अपरेटर अफ द इयर’, गंगाराम राईलाई ‘सिनेमाटोग्राफर अफ द इयर’, विक्रम गौतमलाई ‘मुआ अफ द इयर’ र कृष्णप्रसाद ढुंगेललाई ‘कन्स्ट्रयाक्टर अफ द इयर’को अवार्डले सम्मान गरिएको थियो ।

     कार्यक्रममा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउन योगदान दिएको भन्दै गायक धिरज राईलाई वरिष्ठ गायक लाक्पा शेर्पाले ‘राष्ट्रिय सम्मान’ प्रदान गरेका थिए । कार्यकमलाई बाबा एजुकेशन कन्सल्टेन्शीले मुख्य प्रायोजन गरेको थियो ।

    हाउसकी सिइओ सोनिया जीआरले यस्ता कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास हुने बताइन् । कार्यकम राज बराइली र अनिशा खत्रीले सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend