२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अर्थतन्त्र अझै चुनौतीपुर्ण छ–अध्यक्ष चन्द्र ढकाल


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 9.4K
    SHARES

  • images
    अर्थतन्त्र अझै चुनौतीपुर्ण छ–अध्यक्ष चन्द्र ढकाल


    काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।  इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने जनाएका हुन ।  

     ‘केन्द्रिय बैंक, राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित बनायो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,’ उनले भने, ‘यसकारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले पनि नीजि क्षेत्रलाई उत्तसाहित बनाउन सकेको छैन । ’ 

    वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको उनको भनाई छ ।  जसका कारण अझै पनि मुलुक चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उनको भनाई छ ।

    यद्धपी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उद्योग बाणिज्य महासंघले दिएका सुझावहरू सम्बोधन भए पनि पुर्ण रुपमा लागु नगरिएको उनको गुनासो थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend