२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

, आजको हरियो तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 11.1K
    SHARES

  • images
    , आजको हरियो तरकारी तथा फलफूलको मूल्य

    काठमाडौ, ३१ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार दसहरी आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा २०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, घिरौला ६० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, लोकल परवर ११० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।

    ब्रोकाउली १६० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २५० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ पाइने समितिले जनाएको छ । यसैगरी, ताजा छडी माछा २६० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend