२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दुई करोडको कुरा आएको छ, त्यसको छानबिन हुन्छ– गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • सोमबार, चैत २७ २०७९
  • 11.1K
    SHARES

  • images
    दुई करोडको कुरा आएको छ, त्यसको छानबिन हुन्छ– गृहमन्त्री श्रेष्ठ


    काठमाडौं, चैत २७ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको कडा अनुसन्धान गरिने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानबाट पुष्टि भए अनुरुप अघि बढ्ने बताएका छन् । अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ ।

    श्रेष्ठले भने, ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’रास्वपाका सांसद डा। श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend