शुक्रबार, वैशाख २९, २०८०
काठमाडौं । एनएमबि बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी)बीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ ।
सम्झौतामा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुनायवले हस्ताक्षर गरेका छन् ।
एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकहरूलाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न विश्वास लिएको बैंकले जनाएको छ ।



