२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार

७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 10.2K
    SHARES

  • images
    ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार


    काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को चैत मसान्तसम्मको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

    राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या गत चैतसम्म ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या गत असार मसान्तमा ११ हजार ५२८ रहेकोमा गत चैत मसान्तमा ११ हजार ६४३ पुगेको छ ।

    वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् गत चैत मसान्तसम्म २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend