२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 9.9K
    SHARES

  • images
    सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं, २८ वैशाख । सिटी होटलको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। होटलले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आईपीओ निष्कासन खुला गरेको हो ।

    यस कम्पनीको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

    यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ ।

    ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यसैगरी बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

     लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend