२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विनिमयदरः अमेरिकी डलर सँगै घट्यो युरोको भाउ


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 10.0K
    SHARES

  • images
    विनिमयदरः अमेरिकी डलर सँगै घट्यो युरोको भाउ


    काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर आज ९ पैसाले घटेको हो । अघिल्लो दिन अर्थात बुधबार डलर ३९ पैसाले बढेको थियो। आज एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको छ । यसाअघि बुधबार खरिद मूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो ।

     नेपाल राष्ट्र बैंकले बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४५ पैसाले घटेको हो । यसअघि बुधबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

    त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ८६ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा पाइन्छ।

    यस्तै, राष्ट्र बैंकले कतारी रियाल आज एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३६ पैसा र बिक्रीमा २९ रुपैयाँ ४९ पैसा पाइन्छ।

    आज कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend