२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको हरियो तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 12.4K
    SHARES

  • images
    आजको हरियो तरकारी तथा फलफूलको मूल्य


    काठमाडौं, २८ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी १४० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, लोकल परवर १०० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, पुदीना १२० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।

     ब्रोकाउली १६० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ५० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रति गोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २४० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ पाइने समितिले जनाएको छ ।यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend