२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 8.6K
    SHARES

  • images
    शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित  सीमा  नाघ्यो


    काठमाडौं, बैशाख २७ गते । चालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति एक ८० अर्ब १७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ ।

    चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दुले बढी देखिएको छ । चालु आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन छ खर्ब ८३ अर्ब ८१ करोड छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।

    चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

    नौ महिनामा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको छ । त्यस्तै, आयात १८ दशमलव एक प्रतिशतले तथा निर्यात २६ दशमलव तीन प्रतिशतले घट्दा कुल वस्तु व्यापार घाटा १७ दशमलव १ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend