२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड 


सञ्चार डबली
  • आइतबार, चैत २६ २०७९
  • 12.4K
    SHARES

  • images
    नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड 

    आइतबार, २६ चैत्र २०७९
    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगडीको गेटास्थित पूर्वमन्त्री लेखराज भट्टको निवासमा पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न आइतबार बिहान भट्टको घरमा पुगेका हुन् ।

    माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए। ‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’ प्रधानमन्त्रीले भने भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’ 

    झण्डै एक वर्षअघि प्रचण्ड र लेखराजबीच भेट हुँदा बोलचाल समेत भएको थिएन । त्योबेला धनगढीमा भेट हुँदा औपचारिक नमस्कार वा अभिवादन समेत नगरी उनीहरु चुपचाप बसेका थिए ।  नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए ।  तत्कालीन जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे । नेकपा विभाजनपछि एमाले प्रवेश गरेका भट्टसँग प्रचण्ड निक्कै चिढिएका थिए ।

    उनले भट्सँग भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend