२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

घरेलु मैदानमै रियल मड्रिड भिल्लारियालसँग पराजित


सञ्चार डबली
  • आइतबार, चैत २६ २०७९
  • 12.6K
    SHARES

  • घरेलु मैदानमै रियल मड्रिड भिल्लारियालसँग पराजित

    २६ चैत, काठमाडौं । साविक विजेता रियाल मड्रिड शनिबार राति घरेलु मैदानमै दुई पटक अग्रता जोगाउन नसक्दा शनिबार राति भिल्लारियालसँग ३-२ ले पराजित भएको छ । रियललाई उसैको मैदानमा पराजित गर्न भिल्लाका  सामुएल चुक्वुजेले दुई गोल गरे । खेलको १६औं मिनेटमा भिल्लाका पाउ टवरेसले आत्मघाती गोल गरेपछि रियलले घरेलु मैदान सान्टियागो बर्नाबेउमा अग्रता लिएको थियो । तर ३९औं मिनेटमा भियारियालका चुकवुजेले बराबरी गोल फर्काए ।

    दोस्रो हाफको सुरुमै भिनिसियस जुनियरले गोल गरेपछि रियलले २-१ को अग्रता बनायो । तर दोस्रो पटक लिएको अग्रता पनि जोगाउन सकेन । ७०औं मिनेटमा भिल्लाका जोस मोरालेसले गोल गर्दै खेल २र२ को बराबरी अवस्थामा पुर्‍याए । त्यसपछि सामुएल चुकुवुजेले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियललाई स्तब्ध पार्दै  भिल्लालाई पनारगमन जित दिलाए ।

    दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ । रियल बार्सिलोनाभन्दा १२ अंकले पछि छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । रियलको २८ खेलबाट ५९ अंक छ । रियललाई हराएपछि २८ खेलबाट ४७ अंक जोडेको भिल्लारियाल पाँचौ स्थानमा उक्लेको छ ।

    रियालले अघिल्लो खेलमा बुधबार बार्सिलोनालाई उसकैको घरेलु मैदान ४–० ले हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको थियो । ‘‘आजको खेल कठिन रह्यो । हामीले पाएको मौका सदुपयोग गरेको भए ३–१ ले अगाडि हुन्थ्यौँ । तर, त्यसो भएन,’’ रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘हाम्रो रक्षापंक्तिले अझ राम्रो गर्न सक्थ्यो ।’’

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend