२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईसीसी यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा


सञ्चार डबली
  • शुक्रबार, पुस २० २०८०
  • 9.4K
    SHARES

  • images
    आईसीसी यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा

    २०८० पौष २० शुक्रबार

    काठमाडौँ । नेपालले दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटमा भाग लिने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार देव खनालको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।

    नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर् गुलशन झालाई पनि समावेश गरिएको छ । गुलशन झाले यसअघि यू-१९ एशिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।

    जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

    यस्तै, नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ । विश्वकपअघि नेपाली युवा टिम दक्षिण अफ्रिकामा जनवरी ५ देखि १२ सम्म ‘हाई पफर्मेन्स क्याम्प’ मा बस्ने छ ।

    नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend