२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा


  • शनिबार, पुस १४ २०८०
  • 10.0K
    SHARES

  • images
    प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा

    काठमाडौं, १४ पुस । जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पुरा भएको छ । शनिबार लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको समिकरण पुरा भएको हो ।

    जारी प्रतियोगितामा अब पहिलो क्वालिफायरमा विभागीय टिम एपीएफ र कोशी प्रदेश खेल्ने भएका छन् ।

    सबै ७ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १४ अंकसहित शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा छनौट भएको छ भने कोशी प्रदेश ७ मध्ये ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो क्वालिफायर खेल आइतबार हुदै छ । यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउने छ । 

    त्यस्तै प्रतियोगिताको इलिमिनेटरमा भने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्ने भएका छन् ।

    सुदूरपश्चिम प्रदेश ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने बागमती प्रदेश ७ खेलमा ४ जित र २ हार सहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेर इलिमिनेटर खेल्ने भएको हो । इलिमिनेटरको खेल आइतबार हुदै छ ।

    यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायर खेल सोमबार हुने छ भने फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।  

    प्रतियोगितामा भाग लिएका मधेश प्रदेश पाँचौं, लुम्बिनी प्रदेश छैटौं, गण्डकी प्रदेश सातौं र कर्णाली प्रदेश जितविहिन हुदै आठौ स्थानमा रहेर बाहिरिएका छन् ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend