२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार छैटौं जित


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 9.8K
    SHARES

  • images
    प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार छैटौं जित

    काठमाडौ, १२ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

    विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको हो ।

    एपीएफले दिएको १२८ रनको लक्ष्य पछाएको गण्डकीले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन मात्र बनाएपछि एपीएफ ५२ रनले विजयी भएको हो ।

    यसअघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

    यो जितपछि एपीएफ प्रतियोगितामा अपराजित रहदै सबै ६ खेल जितेको छ । ६ खेलमा १२ अंक हासिल गरेको एपीएफले प्लेअफमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ ।

    त्यस्तै यस खेलमा हार बेहोरेसँगै गण्डकी प्रदेश भने प्लेअफको दौडबाट बाहिरिएको छ । गण्डकीको ६ खेलमा २ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ । 

    अब लिग चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले सुदूरपश्चिमको सामना गर्ने छ ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend