२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगियो, आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी


सञ्चार डबली
  • शुक्रबार, चैत २४ २०७९
  • 11.0K
    SHARES

  • images
    बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगियो, आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी

    २४ चैत्र २०७९
    हेटौडा - बागमती प्रदेशमा मन्त्रालय भागबण्डा टुंगो लागेको छ । गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाएसँगै नियुक्तिको तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए। 

    स्रोतका अनुसार बागमतीमा कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको छ। यसअघि ६ मन्त्रालय पाउनुपर्ने कांग्रेसको अडान थियो। त्यस्तै, एकीकृत समाजवादी २ वटा मन्त्रालय सहित बागमती सरकारमा सहभागी हुने भएको छ। 

    मन्त्रालय पुनर्गठनका लागि बनेको कार्यदलका एक सदस्यका अनुसार कांग्रेसलाई ५ र एकीकृत समाजवादीलाई २ मन्त्रालयसहित भागबण्डा टुंग्याइएको हो। मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री बन्नेहरु अधिकांशको नाम टुंगो लागिसकेको बताए। 

    ‘सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाएर नपठाउँदा केही समस्या भएपनि अब धेरैजसोको नाम आइसकेको छ,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘सकेसम्म आइतबार नियुक्ति दिएर सपथ गराउने तयारीमा पनि हामी छौं।’

    आर्थिक मामिला मन्त्रालयसहित यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय र अन्य एक मन्त्रालय कांग्रेसले लिने समझदारी बनेको छ। तर, कांग्रेसले मन्त्री बन्नेहरूको नामावली भने टुंगो लगाउन सकेको छैन। 

    केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै बागमतीमा पनि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएको थियो। एमाले र राप्रपा बाहिरिएपछि मुख्यमन्त्री जम्मकट्टेलले गत १० चैतमा प्रदेशसभबाट विश्वासको मत प्राप्त गरेका थिए। तर, दलहरूबीच भागबण्डा टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। अहिले मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय जम्मकट्टेलको काँधमा छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend