२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 29.0K
    SHARES

  • images
    विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर

    काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि शुक्रबार डलरको भाउ घटेको थियो।  नेपाल राष्ट्र बैंकका अनुसार आज  अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार पनि सोहिमूल्यमा यसको कारोबार भएको थियो ।  

    आज युरोपियन युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्उ १४४रुपैयाँ  ६४ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८ पैसा तोकिएबको थियो । शुक्रबारको तुलनामा आइतबार युरोको भाउ ४४ पैसाले घटेको हो ।
     
    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य आइतबार ८७ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८८ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ७२ पैसाले बढेको हो । शुक्रबार यसको खरिददर ८७ रूपैयाँ १५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५५ पैसा कायम गरिएको थियो । 

    यता, आज क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३१ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५२ पैसा तोकिएको छ। 

     यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९८ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ४३ पैसा र बिक्रीमा २९ रूपैयाँ ५७ पैसा पाइन्छ।
     
    आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ९६ पैसा तोकिएको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend