२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल सुपर लिगः काठमाडौंसँग धनगढीको बराबरी


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 7.9K
    SHARES

  • images
    नेपाल सुपर लिगः काठमाडौंसँग धनगढीको बराबरी


    काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न खेलमा धनगढी र काठमाडौंबीचको खेल १–१ गोलको बराबरी सकिएको हो ।

    यससँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।

    त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौंले बराबरी गोल ग¥यो । काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो ।

    यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अंक तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend