२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 23.6K
    SHARES

  • images
    सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?

    काठमाडौं, २१ वैशाख । सुनको मूल्यले आज नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर आज छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँको पुगेको थियो ।

    बुधबार छापालवाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend