२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रोनाल्डोको गोलमा अल रियादमाथि अल नासरको सहज जित


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 9.1K
    SHARES

  • images
    रोनाल्डोको गोलमा अल रियादमाथि अल नासरको सहज जित

    २०८० मङ्सिर २३ शनिबार
    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल रियादका लागि आन्द्रे ग्रेले एक गोल गरेका थिए ।

    यो यस सिजनमा अल नासरको १२औं जित हो । १६ खेलमा १२ जित, एक बराबरी र ३ हारसहित अल नासरको ३७ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ७ अंकले पछाडी रहेको छ । त्यसैगरी अल रियादको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend