२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित


सञ्चार डबली
  • शुक्रबार, मंसिर २२ २०८०
  • 9.4K
    SHARES

  • images
    यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

    काठमाडौँ, २२ मङ्सिर । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।  

    त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए ।

    अब नेपालले समुह ए अन्तर्गतको अर्को खेल आइतबार अफगानिस्तानसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले भारतको सामना गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend