२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एलपीएलः युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 7.1K
    SHARES

  • images
    एलपीएलः युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी

    धनगढी, २१ मंसिर । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्। युथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई पराजित गर्‍यो।

    आजको पहिलो खेलमा युथ अफ टिकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो। 

    शारदाको ब्याटिंगमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुबास सिंहले १६ रन योगदान दिए। युथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए।

    यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो। युथ अफ टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए। प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदिप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए।

    शारदाको बलिंगमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३.५ ओभरमा ३१ रन खर्चिए। अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend