२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सनराईज कपः मुनाल र लालीगुराँस फाइनलमा भिड्ने


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 6.7K
    SHARES

  • images
    सनराईज कपः मुनाल र लालीगुराँस फाइनलमा भिड्ने

    कोबेक । मुनाल युवा क्लब र लालीगुराँस युवा क्लब यहाँ जारी तेस्रो सनराईज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

    म्याङलुङ–८, कोबेक स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा मुनालले ए.वाई.सी. लाई शून्यका विरुद्ध १ गोलले हरायो । मुनाका लागि निरज परियारले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने मुनाल कै नितेश लिम्बु चुनिए ।

    त्यस्तै दोस्रो सेमिफाइनलमा लालीगुराँसले एम.वाई.सी. लाई समान शून्यका विरुद्ध १ गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । लालीगुराँसको जितमा समिप लिम्बुले निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लिम्बु नै खेलको म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगिता अन्तरगत मंसिर २० गते हुने फाइनलमा मुनाल युवा क्लब र लालीगुराँस युवा क्लब उपाधिका लागि भिड्ने छन् ।

    सनराईज युवा क्लब, म्याङलुङ–८, कोबेक, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend