२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्वास्थ्यका लागि दही खानुका अचुक फाईदाहरु


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 9.9K
    SHARES

  • स्वास्थ्यका लागि दही खानुका अचुक फाईदाहरु

     

    काठमाडौं । हिन्दू धर्म अनुसार दहीलाई सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दहि स्वादका लागी मात्र नभएर स्वास्थ्यका लागी फाइदाजनक मानिन्छ ।

    हिन्दु धर्म संस्कार अनुसार दहिलाई शुभ संकेतको रुपमा समेत हेर्ने गरिन्छ,।दहिले मानिसको पाचन प्रक्रियालाई समेत फाइदा पुग्छ । साथै दहिले अनुहारमा सुन्दरता पनि ल्याउछ ।दहिमा मुटुको रोग,उच्च रक्तचाप बिरामी जस्ताको बिरामीको संम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टोरोललाई बढाउन मद्धत गर्छ ।

    मुटुको धडकनलाई सहि अवस्थामा राख्न मद्धत पूयाउंछ ।दहिमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ ।

    – मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।
    – नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।
    – तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ ।
    – दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।
    – दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।
    – हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा पु¥याउँछ ।
    – दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।
    – दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।
    – दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend