२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल सुपर लिगः स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 8.8K
    SHARES

  • images
    नेपाल सुपर लिगः स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्तर्गत आज हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ ।

    चौथो चरणको खेलसम्म आइपुग्दा पोखरा थन्डर्स ५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहदा स्र्पोटिङ इलाम पुछारमा छ । इलामको ३ अंकमात्रै रहेको छ । आजको खेलमा पोखरा विजयी भए तालिकाको शीर्ष स्थानमा उक्लने छ भने इलाम विजयी भए तेस्रो स्थानमा उक्लने छ ।

    जारी सिजनमा ३ खेलमा ७ अंक बटुल्दै धनगढी तालिकाको शीर्ष स्थनमा छ । त्यस्तै, ललितपुर सिटी ४ खेलबाट ६ अंकसहित दोस्रा स्थानमा रहेको छ । गत संस्करणको विजेता काठमाडौं रेजर्स ५ अंकका साथ चौथो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend