२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुपर लिगः आज ईलाम र बुटबलबीच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 9.4K
    SHARES

  • images
    सुपर लिगः आज ईलाम र बुटबलबीच प्रतिस्पर्धा हुँदै


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । एनएसएरमा नयाँ टोली इलाम आजको खेलबाट लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी ललितपुर सिटी एफसीसँग २–० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० ले पराजित भएको थियो ।

    यता पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले दोस्रो खेलमा झापा एफसीलाई हराए थियो ।दुई खेलबाट ३ अंकसहित इलाम अंक तालिकाको छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।खेल आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend