२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अल नासरमाथि अल हिलालको शानदार जित


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 8.7K
    SHARES

  • images
    अल नासरमाथि अल हिलालको शानदार जित

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिललले अल नासरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    पहिलो हाफ बिना कुनै गोल बराबरीमा रोकिएको यस खेलको दोस्रो हाफमा अल हिलालले ३ गोल गरेको थियो । अल हिलालका लागि एलेक्जान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेइ मिलिनकोभिक सभिकले एक गोल गरेका थिए ।

    यस खेलमा अल हिलालका अलि अल्बुलायहिले खेलको ९३औं मिनेटमा रातो कार्ड पाएका थिए ।

    यो जितपछि शिर्ष स्थानमा रहेको अल हिलालले लिगमा आफ्नो अग्रता बढाएको छ । अल हिलालको १५ खेलमा ४१ अंक भएको छ र दोस्रो स्थानमा रहेको अल नासरको १५ खेलमा ३४ अंक रहेको छ । अब अल हिलाल अल नासरभन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend