१९ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना पुरिएका छन् । १२ जनामध्ये चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् भने ७ जना भने सम्पर्कमा आएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।
पुरिएकाहरुको उद्धार जारी छ । पुरिनेमा ३ जना कैलालीको बुडर र २ जना दुहु गाउँपालिका पोक्सेका रहेका छन् । सँगै रहेका २ जना सामान्य घाइते अवस्थामा उद्धार गरिएको सितापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले जानकारी दिए । ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो गएको खबरपछि सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा करिब ३० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो ।


