२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मधेश प्रदेशले जित्यो केपी ओली टी- २० को उपाधि


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 8.8K
    SHARES

  • images
    मधेश प्रदेशले जित्यो केपी ओली टी- २० को उपाधि

    काठमाडौँ, १५ मङ्सिर। मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली टी- २० कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

    मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछाएको नेपाल आर्मीले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन बनाएको थियो । यसअघि मधेश प्रदेशले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो । 

    उपाधि जितेसँगै मधेश प्रदेशले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।  यसैगरी उपविजेता नेपाल आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाएको छ ।

    प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको थियो भने प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend