२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

केपी ओली टी- २० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 7.4K
    SHARES

  • images
    केपी ओली टी- २० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै

    पोखरा, १५ मङ्सिर । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।  

    फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दै छन् ।

    पोखरा रंगशालामा हुने यो खेल साढे १२ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ ।

    विहिबार सम्पन्न सेमिफाइनल खेलमा मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

    प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

    प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend