२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्रःआठ करोड पेश्की, काम शून्य


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 7.9K
    SHARES

  • images
    रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्रःआठ करोड पेश्की, काम शून्य


     कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारातालमा निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ । निर्माण कम्पनीको जिम्मा लिइएको ठेक्का कम्पनीको लापरवाहीले तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन, पर्यटकीय पदमार्ग आयोजनाको काम अलपत्र परेको हो ।

    रारामा पर्यटकीय पूर्वाधार साइकल लेन, पदमार्ग निर्माणका लागि नेपाल सरकार संघीय सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८र७९ मा ४६ करोड ४२ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको भए पनि काम अझैसम्म हुन सकेको छैन । 

    योजना निर्माणको जिम्मा पाएको खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेश्की लिएर काम नगरी योजना अलपत्र पारेका छन् । राराताल वरिपरि १४ किलोमिटर पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन, पर्यटन पदमार्ग निमार्ण गर्नुपर्ने भए पनि तीन वर्षदेखि काम अलपत्र अवस्थामा छ ।

    पर्यटकीय पूर्वाधार साइकल लेन, पर्यटन पदमार्ग निर्माणका लागि ल्याइएका सिमेन्टका इँटा, कंक्रिट यत्रतत्र छरपस्ट फालिएका छन् ।तोकिएको समयमा काम सक्ने गरी योजना सम्झौता भएको भए पनि ठेक्का कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको जिल्ला वन डिभिजन कार्यालय मुुगुुका निमित्त कार्यालय प्रमुुख अम्मर साहले बताए । बहुुवर्षीय योजना ०८२ सालसम्म सक्नुपर्ने भए पनि आजसम्म ठेक्का कम्पनीको लापरबाहीले काम अगाडि नबढ्को र ठेक्का कम्पनीको कुनै पनि व्यक्ति सम्पर्कमा नआएको उनले बताए ।

    ‘आठ करोड पेश्की गएको छ, काम अलिकति मात्रै भएको र त्यहिँ पनि अधुरो अवस्थामा छ । तीन वर्षसम्ममा पनि सोचेअनुरूप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठी पठाएका छौँ,’ निमित्त कार्यालय प्रमुख साहले भने, ‘तर, सुनुवाई भएको छैन । उल्टै ठेक्का कम्पनीले योजना सदरको माग गर्दै उच्च अदालतमा मुद्दा हालेको छ । उच्च अदालतमा हालेको पहिलो मुद्दा ०७९ फागुुन १७ गते रिट निवेदन खारेज गरिसकेकोले पुनः मुद्दा हालेको भन्ने बुझिएको छ ।’


    कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपाय पनि अपनाउने र ठेक्का कम्पनीले राज्यको पैसा दोहन गर्ने काम नगर्ने ब्याज मात्र असुली गर्नेजस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुुलीको पत्र बारम्बार कार्यालयको तर्फबाट पठाउने काम भएको निमित्त कार्यालय प्रमुख साहले बताए ।


    यसैबीच रारा रारा राष्ट्रिय निकुुञ्जका कार्यालय प्रमुख बिश्वबाबु श्रेष्ठका अनुसार रारा राष्ट्रिय निकुुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएको वर्षौं भए पनि  काम नभएको बताएका छन् । ‘रारा राष्ट्रिय निकुञ्जभित्र पूर्वाधार निर्माण हुने भएकाले हामीले अनुुमति मात्र दिइने हो । तर, एकपटक अनुमति लिन आएका बेला कार्यालयको तर्फबाट अनुुमति दिइएका भए पनि काम अगाडि बढ्न सकेको छैन । पर्यटकीय पूर्वाधार निर्माण भए रारा घुम्न आउने पर्यटकलाई सहज हुने भएको भए पनि काम नहुँदा एकातिर राज्यको रकमको दोहन भएको छ भने अर्कोतिर राराको सौन्दर्यतामा आँच आएको छ,’ रारा राष्ट्रिय निकुञ्जका निमित्त वन संरक्षण अधिकृत श्रेष्ठले बताए ।

    यसैबीच योजना अलपत्रका विषयमा जानकारी लिन योजना निर्माणको जिम्मा पाएको खानी थोदुुङ क्याराभान कन्ट्क्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीसँग सम्पर्क गर्दा फोन लागेन । यसअघि आर्थिक वर्ष ०७६र७७ मा पनि कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रारामा पुगेर रारामा साइकल लेन पर्यटकीय पूर्वाधार निर्माणका लागि शिल्यानाससमेत गरेका थिए ।

    त्यो योजनाले पनि सार्थकता पाएन । कर्णाली प्रदेश सरकारबाट पटकपटक बजेट आउने तर काम अगाडि नबढ्ने बजेट फ्रिज जाने प्रवृत्तिले रारामा सोचेअनुरूप संरचना बन्न सकेका छैनन् । नियमनकारी निकायको उदासीनताका कारण रारामा पर्यटकीय पूर्वाधार भौतिक संरचना बन्न नसेकेको स्थानीयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend