२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

शरीरमा देखिने निलो डाम के हो ?


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 9.4K
    SHARES

  • शरीरमा देखिने निलो डाम के हो ?

    १४ मंसिर २०८०, बिहीबार  

    काठमाडौं । कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ ।

    साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् । शरीरको छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसका कारण सम्बन्धित ठाउँमा रगत जमेर छालामा निलो डाम देखिने गर्छ ।

    यस्तो डाम आन्तरिक रक्तस्रावका कारण हुने चिकित्सकहरू बताउँछन् । आन्तरिक रक्तस्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ । एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदि कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

    विशेष गरी, ३० हजार भन्दा कमको सङ्ख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तस्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्वारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ । यस्तो समस्याबाट बच्न  शरीरमा चोटपटक लाग्न नदिने, धारिलो हतियारको प्रयोग नगर्ने लगायत विशेष सावधानी अपनाउन जरुरी छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend