२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिने खतरा


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 8.5K
    SHARES

  • images
    म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिने खतरा

    १४ मंसिर २०८०, बिहीबार  
    एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेड र गालातासारे बीचको खेल ३-३ को रोमाञ्चक बराबरीमा सकिएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले दुई पटक दुई गोलको अग्रता सुम्पिन पुग्यो ।

    गालातासारेको घरेलु मैदानमा सदाझैं निकै अशान्त वातावरणमा भएको खेलमा अग्रता युनाइटेडले लिएको थियो । ११औं मिनेटमा अलेहान्द्रो गार्नाचोजो गोल गरे । ब्रुनो फर्नान्डेजको पासमा गार्नाचोले बायाँ खुट्टाले राम्रो फिनिश गर्दै खेलमा अग्रता दिलाएका थिए ।

    १८औं मिनेटमा युनाईटेडले अग्रता दोब्बर बनायो । ब्रुनो फर्नान्डेजले बक्स बाहिरबाट गरेको प्रहारले जालि चुमेको थियो । त्यसपछि भने युनाईटेडले केही समय लय गुमायो । २९औं मिनेटमा फ्रिकिकमा गोल गर्दै हाकिम जिएकले खेलमा युनाइटेडले अग्रता एक गोलमा झारे । चेल्सीबाट खेलिसकेका विंगर जिएकको प्रहार युनाइटेडका गोलरक्षक आन्द्रे ओनाना गोललाइनमा पहिलै सरेका कारण गोल बचाउन सकेनन् ।

    तर ५५औं मिनेटमा युनाईटेडले दुई गोलको अग्रता पुनः स्थापित गर्यो । एरन वान बिसाकाको पासमा स्कट मक्टोमिनेले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याएका थिए । तर त्यसपछि भने युनाईटेडले पुनः लय गुमाउन पुग्यो र आन्द्रे ओनाना पुनः गल्ति गर्न पुगे । जिएकको फ्रिकिक बचाउने क्रममा उनले बललाई पोस्ट भित्र नै छिराएपछि घरेलु टोलीले अग्रता पुनः एक गोलमा झारेको थियो ।

    ७१औं मिनेटमा भने गालातासारायले खेलमा बराबरी गर्न सफल भयो । जिएकको पासमा केरेम आक्टूरकोग्लुले सानदार फिनिश गर्दै ओनानालाई नियरपोस्टमा बिट गरे ।

    कोपेनहेगन र बायर्नको खेल गोलरहित बराबरीमा सकिएपछि युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ । बराबरी सँगै युनाईटेडको अर्को चरण प्रवेश गर्न निकै कठिन भएको छ । अंक तालिकामा बायर्न ५ खेलमा १३ अंकसहित समूह विजेता बनिसकेको छ । कोपेनहेगन र गालातासारेको ५-५ अंक छ । म्यानचेस्टर युनाइटेड ४ अंकसहित पुछारमा छ ।

    युनाइटेडले अब अन्तिम खेलमा बायर्न म्युनिखलाई हराउनै पर्ने दबाब रहेको छ । अर्को खेलमा गालातासारे र कोपेनहेगनबीच नकआउट चरण सरह खेल हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend