२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजदेखि बेलहिया सहितका नेपाल–भारत सिमा बन्द


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 10.0K
    SHARES

  • images
    आजदेखि बेलहिया सहितका नेपाल–भारत सिमा बन्द

     

    काठमाडौं, १९ बैशाख । आजदेखि बेलहिया सहित रुपन्देहीसँग जोडिएको नेपाल–भारत सिमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महरागंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सीमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो ।

    १२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका आज साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

    निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षाा निकायको समन्वय तथा सहमतिमा नाकाहरु बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशको प्रशासनका अधिकारीहरुको बैठकले १९ गते देखि २१ गते साझ ६ बजे सम्मका लागि पूर्ण रुपमा सिमानाका शिल गर्ने निर्णय भएको हो ।

    सीमा बन्द भए पनि अति आावश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दुध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेकअन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    निर्वाचनलाई नै लक्षित गरि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले पनि संयुक्त गस्ती गर्ने छन्

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend