२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि हो : स्वास्थ्यमन्त्री बस्नेत


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 10.0K
    SHARES

  • नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि हो : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं । सरकार आयुर्वेद उपचार पद्धतिलाई विकसित र व्यवस्थित गर्न पछाडि परेको स्वीकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् । आज काठमाडौंमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उनले भने, ‘अरु उपचार पद्धति भन्दा पहिला त आयुर्वेद पद्धति नै हो नि । यो जतिबेला जहाँ पनि पाइने चिज हो । यसलाई जुन तरिकाले विकसित गर्नुपर्ने हो, व्यवस्थित गर्नुपर्ने हो, महत्व दिनुपर्ने त्यसमा हामी अलि पछि नै परेका छौं ।’उनले नेपाल आयुर्वेद उपचार पद्धतिको विकासको लागि स्वर्ण भूमि रहेको भन्दै सरकारले जडिबुटीको यति ठूलो भण्डारलाई जति हदसम्म व्यवस्थित गर्न सक्नुपथ्र्यो त्यो गर्न नसकेको बताए ।

    ‘नेपाल आयुर्वेद उपचार पद्धतिका लागि वास्तबमा स्वर्णभूमि हो । नेपालमा प्राकृतिक संरचना, भौगोलिक विविधतालाई हेर्ने हो भने जडिबुटीको यति ठूलो भण्डार छ’ उनले भने, ‘यसलाई हामीले जति हदसम्म उत्खनन्, सदुपयोग र व्यवस्थित गर्न सक्नुपर्थ्यो त्यति गर्न सकेका छैनौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend