२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन छिट्टै खरिद गरिनेछ : स्वास्थ्यमन्त्री


सञ्चार डबली
  • शनिबार, मंसिर ९ २०८०
  • 10.1K
    SHARES

  • images
    ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन छिट्टै खरिद गरिनेछ : स्वास्थ्यमन्त्री

    शनिबार, मंसिर ९, २०८०
    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको दशौँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभई नहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताए ।

    मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउँदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विपन्नको उपचार निःशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यताअनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा उनले प्रशंसा गरे ।

    चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जानुपर्ने अवस्थालाई कम गर्न आफूले १०० देखि ३०० शैय्यासम्मका अस्पतालले नर्सिङ र प्यारामेडिक्स तथा ३०० शैय्याभन्दा माथिका अस्पतालले एमबीबीएस र विशेषज्ञ चिकित्सकको पढाइ सञ्चालन गर्न पाउने गरी कानुन परिवर्तन गर्न पहल गरिरहेको मन्त्री बस्नेतले बताए ।

    गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपीडी सेवा लिएको, १७ हजार ५०० ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend