२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात


सञ्चार डबली
  • शुक्रबार, मंसिर ८ २०८०
  • 8.3K
    SHARES

  • images
    अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

    ८ मंसिर २०८०, शुक्रबार  

    काठमाडौं – विश्व विजेता अस्ट्रेलियामाथि भारतले रोचक जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा भारतले एक बल बाँकी हुँदा अस्ट्रेलियामाथि दुई विकेटको जित निकालेको हो ।

    सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०९ रनको चुनौती भारतले ८ विकेटको क्षतिमा एक बल बाँकी हुँदा पूरा गरेको हो । भारतले अन्तिम ओभरमा तीन विकेट गुमाउनु परेको थियो । लगातार तीन ब्याटसम्यान आउट हुँदा रिंकु सिंहले सम्हालिएर भारतलाई जित दिलाएका हुन् ।

    पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि जोस इंगिल्सले ५० बलमा ११० रनको शतकीय पारी खेलेका थिए । स्टीव स्मिथले ४१ बलमा ५२ रन जोड्दै अर्धशत बनाएका हुन् । भारतविरुद्ध अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०८ रनको स्कोर बनाएको थियो ।

    अस्ट्रेलियालाई मध्यम स्कोरमा समेट्न भरतका लागि प्रसिद्ध कृष्ण र अक्षर पट्टेलले एक-एक विकेट लिए भने अस्ट्रेलियाका स्मिथ अर्धशतक बनाएर रन आउट भएका थिए । जवाफी ब्याटिङमा भारतका कप्तान सूर्यकुमार यादव र इशान किसनले अर्धशतक बनाए । यादवले ४२ बलमा ८० रन जोड्दा किसनले ३९ बलमा ५८ रन जोडेका थिए । भारतको जितका लागि रिंकु सिंहले नटआउट १४ बलमा २२ रनको योगदान दिए ।

    भारतले रोचक जित निकालेको खेलमा अस्ट्रेलियाका लागि तानभीर साङ्घाले दुई विकेट हात पारे भने सेन बोट, म्याथ्यू शर्ट र जेसन बेहेन्डोर्फले एक-एक विकेट लिए । भारतका तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

    सूर्यकुमार यादवको कप्तानीमा भारतले शृङ्खलामा विजयी सुरुवात गरेको हो । भारतमा भएको एकदिवशीय विश्वकप खेलेका यादवसहित श्रेयस अय्यर र इसन किसन मात्र अस्ट्रेलियाविरुद्धको शृङ्खलामा सहभागी छन् । आइतबार भएको विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको भारत उपविजेतामा सीमित भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend