२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पर्यटक तान्दै मिक्लाजुङ्गको मिसेलुङ फनपार्कको ‘उल्टो घर’


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 10.5K
    SHARES

  • images
    पर्यटक तान्दै मिक्लाजुङ्गको मिसेलुङ फनपार्कको ‘उल्टो घर’


    काठमाडौं ।मोरङको उत्तरपूर्वी भेगमा रहेको मिक्लाजुङ्ग गाउँपालिका–३ निसेलुङमा उल्टो घर बनेको छ । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ ।संम्भावतः नेपालमा पहिलोपटक यो उल्टो घर बनेको हो।

    मिक्लाजुङ्ग गाउँपालिका पर्यटकीय हिसावले प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ । केही प्रतिशत भू–भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छन् ।

    मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न बनाइएको उल्टो घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् ।स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।

    परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौं पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुइँमा, जगको भाग आकासतिर देखिन्छ ।घरमित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरु सबै उल्टो छन् ।

    निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो ।विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि आफूहरुले अपनाएको मादेनले बताए ।

    उक्त घर अवलोकन गर्न एकजनाका लागि सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । त्यस क्षेत्रमा भ्युटावर, बालबालिकाका लागि पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर पनि बनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend