२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो छैटौं पटक विश्वकपको उपाधि


सञ्चार डबली
  • आइतबार, मंसिर ३ २०८०
  • 12.7K
    SHARES

  • images
    भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो छैटौं पटक विश्वकपको उपाधि

    एजेन्सी – ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेकोछ । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

    अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे । एक समय ४७-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए । टोलिलाई दुई रन चाहिदा हेस आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ तन जोडे ।

    IMG_20231119_212140.jpg
    undefined

    ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए । एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । उनले १५ बलमा १ चौका र १ छक्का हाने ।

    त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । भारतका लागी विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए ।  विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

    भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खासै प्रदर्शन सम्झन लायक  रहेन । अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए । स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । त्यो नै भारतको हारको प्रमुख कारण थियो । त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन् । भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो ।

    प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भएका थिए । चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए । प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

    अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । अष्ट्रेलियालाई जिताउन उनको कप्तानी पनि महत्त्वपूर्ण रह्यो । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए ।

    भारतले लिगमा सबै खेल जितेको थियो । अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो । यसअघि सन्  १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend