२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालले दियो जापानलाई १ सय १४ रनको लक्ष्य


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 8.7K
    SHARES

  • images
    नेपालले दियो जापानलाई १ सय १४ रनको लक्ष्य


    काठमाडौं ।  नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएर सो लक्ष्य दिएको हो ।चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । 

     हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । जसअनुसार नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा ५ चौकाको मद्दतमा ३८ रन बनाउन सफल भएकी थिइन भने कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिन सफल भएकी छिन् ।काजल श्रेष्ठले अविजित रहँदै ७ बलमा ३ चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाउन सफल भएकी थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend