२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजदेखि तातोपानी नाका दुईतर्फी रुपमा सञ्चालनः ८ वर्षपछि नेपाली सामान निर्यात


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 8.3K
    SHARES

  • images
    आजदेखि तातोपानी नाका दुईतर्फी रुपमा सञ्चालनः ८ वर्षपछि नेपाली सामान निर्यात


    काठमाडौं, १८ वैशाख । सिन्धुपाल्चोकको तातोपानी नाका आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि  दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

    आज बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

    गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार आजदेखि  नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend