२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अफगानिस्तान संकटबारे आज दोहामा उच्चस्तरीय छलफल हुँदै


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 10.9K
    SHARES

  • images
    अफगानिस्तान संकटबारे आज दोहामा उच्चस्तरीय छलफल हुँदै

     

    काठमाडौं, १८ बैशाख । अफगानिस्तान संकटबारे आज महत्वपूर्ण वार्ता हुँने भएको छ । तालिबान प्रशासनले विद्यालय जाने बालिका र अधिकांश महिलालाई संयुक्त राष्ट्रसंघीय निकायका लागिसमेत काम गर्नबाट रोक्ने कदम सुरू गरे पछि अफगानिस्तान संकटवारे बार्ता हुने भएको छ । 

     कतारको दोहामा हुने बार्तामा अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरू भेला हुनेछन् । करिब २५ देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको वार्तामा रहनेछन् ।संयुक्त संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको तालिबान शासकलाई प्रभावमा पार्ने उपाय खोज्न सो बार्ता हुन लागेको जनाएका छन् । राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो मानवीय संकटका रूपमा अपफगानिस्तानका गतिबिधिलाइ उल्लेख गर्दै  सो बार्ता हुन लागेको हो  ।
     
    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘तालिबानलाई कुनै पनि प्रकारको मान्यता दिनु पूर्णतया वार्ताको टेबलभन्दा बाहिरको विषय बनेको छ।’ तर, तालिबानका शरणार्थी उपमन्त्री मोहम्मद अरसाला खरोतीले भने, ‘यस्ता बैठकबाट कुनै परिणाम आउँदैन। 

    जबसम्म उनीहरूले तालिबान शासित अफगानिस्तानसँग उचित सम्बन्ध स्थापित गर्दैनन् र इमिरेट्सको प्रतिनिधित्व हुँदैन, तबसम्म यी बैठक सफल हुने छैन,’ उनले भने। दोहामा संयुक्त राष्ट्रसंघका महासचिवले अफगानिस्तानमा अन्तर्राष्ट्रिय निकायको महत्वपूर्ण राहत अभियानको समीक्षा पनि हुनेछ  ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend