२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिफा विश्वकप–२०२६ छनोट : नेपालले यूएईको सामना गर्दै 


सञ्चार डबली
  • बिहीबार , कात्तिक ३० २०८०
  • 9.6K
    SHARES

  • images
    फिफा विश्वकप–२०२६ छनोट : नेपालले यूएईको सामना गर्दै 

    बिहीबार, कात्तिक ३०, २०८०
    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । नेपालले समूह ‘एच’मा घरेलु टोली यूएईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे दुबईमा सुरु हुनेछ ।

    समूह ‘एच’ मा नेपाल र यूएईसँगै बहराइन र यमन छन् । हाल यूएई फिफा वरियताको ६९औँ स्थानमा छ । नेपाल १७३औँ स्थानमा छ । यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

    यूएईसँगको खेलअघि नेपाली प्रमुख प्रशिक्षक अल्बर्टो एनेसले यूएई राम्रो टिम भए पनि नेपालको तयारी राम्रो रहेको बताए । खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले नेपाल नडराई खेल्ने बताएका छन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend