२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कर्णाली प्रदेश समन्वय परिषद् कतार द्वारा भूकम्प पीडितलाई एक लाख सहयोग।।।।


  • सोमबार, कात्तिक २७ २०८०
  • 25.1K
    SHARES

  • images
    कर्णाली प्रदेश समन्वय परिषद् कतार द्वारा  भूकम्प पीडितलाई एक लाख सहयोग।।।।

    २७ कार्तिक २०८०
    दोहा कतार - कर्णाली प्रदेश समन्वय परिषद् कतारले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कार्तिक १७ गते शुक्रबार अर्थात तदनुसार ३ नोभेम्बेर २०२३ को मध्यरातमा जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा गएको ६.४ रेक्टर स्केलको भुकम्पको चपेटामा परेका पडितहरुलाई राहत स्वरुप सहयोग रकम पठाएको छ।

    कर्णाली प्रदेश समन्वय परिषदका अध्यक्ष विजय कुमार बस्यालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरे अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) कतार सँग समन्वय गरी नेपाली राजदुताबास कतार मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि  कतारी रियाल (२७४५अर्थात  ने.रु. १,००,००० (रुपैयाँ एक लाख) NRNA NCC कतारका अध्यक्ष रमेश भट्टलाई हस्तान्तरण गरेको हो ।

    398269895_698656665524082_6745219215624421238_n.jpg
    undefined

    त्यस्तै रोजगारीको शिलसिलामा हाल कतारमा कार्यरत कर्णाली प्रदेश समन्वय परिषद् कतारका सदस्य नलगाड नगरपालिका - ५ जाजरकोट निवासी मरिचमान शाहीको दुइवटा घर पुर्ण रुपमा क्षेति भएको र सोही घरमा सुत्नुभएको उहाँकी ठूलीआमा मायादेवी शाहीको मृत्यु भएको हुँदा उनलाई पनि NRNA NCC कतार सँगको समन्वयमा कर्णाली प्रदेश समन्वय परिषदले  कतारमै प्रत्यक्ष भेटेर सहयोग रकम प्रदान गरेको छ। 

    यस अघि पनि दशैं खर्च कटौती गरी कर्णाली प्रदेश समन्वय परिषद् कतारले क्यान्सर पीडितलाई सहयोग गरेको थियो। त्यस लगत्तै तिहारको चहलपहलमा प्राकृतिक विपद्ले श्रृजना गरेको विनाशकारी भूकम्पले गर्दा सिंगो कर्णाली प्रदेश शोकमा डुबेकोले अब आउने अधिवेशन बाहेक अन्य तिहार, छठ इत्यादी कुनै पनि पर्व एक वर्षको लागि नमनाउने समेत संस्थाले निर्णय गरेको छ।

    भुकम्पले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा ठूलो परिणाममा पुर्याएको मानविय एवंम भौतिक क्षेतिप्रति कर्णाली प्रदेश समन्वय परिषद् कतार परिवार सारै दुःखी भएको र यस प्राकृतिक विपद बाट सिर्जना भएको दुस्खद घडिमा साथ र अरु सहयोग गर्न चाहाने जो कोहिले पनि तल नाम उल्लेखित ब्यक्ति र नम्बरहरुमा सम्पर्क गरेर सहयोग गर्न सकिने परिषदका महासचिव हिरामणी सुनारले संचार डबलीलाई बताएका छन ।

    भूकम्प पीडितका लागि सहयोग गर्न इच्छुक सम्पूर्णलाई सहजताको लागि सम्पर्क :
    अध्यक्ष : विजय कुमार बस्याल 
    सम्पर्क : +974 7743 5611
    महासचिव : हिरामणि सुनार
    सम्पर्क : +974 66910218
    कोषाध्यक्ष : गोपाल बस्नेत
    सम्पर्क : +974 7401 9964 

    साथै भूकम्प पीडितका लागि सहयोग गर्ने सम्पुर्ण  सहयोगी मन तथा सहयोग रकम संकलनमा अहोरात्र खटेर साथ सपोर्ट गर्ने कर्णाली प्रदेश समन्वय परिषद् कतारका पदाधिकारी, कार्यसमिति तथा गैरकर्णली बासी आम दाजुभाइ तथा दिदीबहिनीहरु माझ सिंगो कर्णाली प्रदेश समन्वय परिषद् कतार परिवारले धन्यवाद दिएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रवासी तामाङ समाज कतार
  • # नेपाल आदिवासी जनजाती महासंघ कतार
  • # नेपाल मगर संघ शाखा कतार
  • # गैरआवासीय नेपाली संघ, कतार


  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend