२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियम कप फाइनलः नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 11.5K
    SHARES

  • images
    एसीसी प्रिमियम कप फाइनलः नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

     
    काठमाडौं, १८ बैशाख । एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुँदैछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ । शनिबार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । 

    जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । 

    आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेको नेपाल र १९ औं स्थानको रहेको युएई  बिचको खेल म‌गलबार हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend