२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पेट दुखेको उपचार गर्न गएकी महिलाको पाठेघर झिकेर फाल्दा ...


सञ्चार डबली
  • बिहीबार , कात्तिक २३ २०८०
  • 11.5K
    SHARES

  • पेट दुखेको उपचार गर्न गएकी महिलाको पाठेघर झिकेर फाल्दा ...

    रौटहट गरुडाको एक क्लिनिकले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गर्दा एक महिलाको मृत्यु भएको छ।

    पेट दुखेर उपचारको लागि पुगेकी महिलाको अप्रेसनको क्रममा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ। 

    images
    images

    रौटहटको चन्द्रपुर नगरपालिका-७ मुस्लिम टोल बस्ने शेख इदरहिमकी पत्नी ३० वर्षीया नुरजहान खातुन पेट दुखेपछि उपचारको लागि यही कात्तिक २० गते गरुडा- ८ स्थित इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिमा पुगेकी थिइन्। 

    इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम खनालका अनुसार सोमबार बिहान ११ बजे क्लिनिकमा पुगेकी खातुनलाई स्वास्थ्यकर्मीले सोही दिन दिउँसो २ बजे पाठेघर झिकेर फालिदिएपछि उनको मृत्यु भएको हो।

    ‘पाठेघर झिकेर फालेपछि खातुनको अवस्था चिन्ताजनक भएछ,’ डीएसपी खनालले नेपालखबरसँग भने, ‘त्यसपछि सोमबार साँझ स्वास्थ्यकर्मीले ती महिलालाई वीरगञ्ज रेफर गरेछन्। वीरगञ्जको मेट्रोसिटी हस्पिटल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।’ दक्ष चिकित्सकबिनै सञ्चालनमा रहेको क्लिनिककले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गरेको पाइएको डीएसपी खनालले बताए। 

    ‘क्लिनिकमा एमबीबीएस डाक्टरसमेत छैनन्। भिडिओ एक्स रे, आईसीयू लगायत कुनै पनि उपकरण र सुविधासमेत त्यहाँ रहेनछ। एचएको भरमा चलेको क्लिनिकमा जटिल खालको अप्रेसन गरेको पाइयो,’ डीएसपी खनालले भने, ‘हामीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेका छौँ। क्लिनिक सञ्चालकसहित बाँकी स्वास्थ्यकर्मी फरार छन्। उनीहरुको खोजी भइरहेको छ।’

    images

    अप्रेसन गर्नुअघि बिरामीसँग क्लिनिकले अग्रिम २० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रहरीले जनाएको छ।

    खनालका अनुसार अप्रेसनको क्रममा महिलाको रक्तस्राव भएर स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि हतारहतार एचए महराले महिलालाई वीरगञ्ज रेफर गरेका थिए। त्यसपछि उनी क्लिनिक बन्द गरेर फररा भएको पाइएको खनालले बताए। 

    ‘पीडित पक्षले शव ल्याएर क्लिनिक अगाडि प्रदर्शन सुरु गरेपछि मात्रै हामीलाई जानकारी आएको हो,’ खनालले भने, ‘हामी पुग्दा क्लिनिक बन्द थियो। सुराकीको आधारमा हामीले एचए महरालाई पक्राउ गरेका हौँ।’ 

    महिलाको शव पोष्ट मार्टमको लागि प्रहरीले काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएको छ। गम्भीर प्रकृतिको घटना भएकाले शव परीक्षणको लागि काठमाडौँ पठाइएको डीएसपी खनालले बताए। 

    images

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend